ज्योति लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय धनगढीमा
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरेको छ ।
धनगढीमा सञ्चालनमा आएको आएको कार्यालयको उद्घाटन कम्पनीका बीमा समिति अध्यक्ष चिरञ्जिवी चापाँइँले उद्घाटन गरे ।
कार्यालय उद्घाटन गर्दै अध्यक्ष चाँपागाईँले बीमाबारे नागरिकलाई जानकारी गराउन स्थानीय तहसम्म नै अन्तरक्रिया र घुम्ती बीमा सञ्चालन गरिने बताए ।
अहिलेसम्म नियामकीय प्रावधान अनुसार, पुँजी तोक्ने गरिएको भएपनि संसार जोखिम आधारित पूँजीको अवधारणा कार्यान्वयनमा रहेका अध्यक्ष चापागाँईले बताए । अब नेपालमा पनि जोखिममा आधारित पूँजी व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।