भारतलाई हराउँदै बांग्लादेशले जित्यो यू–१९ विश्वकपको उपाधि
भारतलाई तीन विकेटले हराउँदै अण्डर नाइन्टिन विश्वकपको उपाधि बांग्लादेशले जितेको छ ।
फाइनल खेलमा बांग्लादेशले टस जितेपछि भारतले पहिले ब्याटिङ गरेको थियो । तर, बांग्लादेशका बलर चम्किए पछि भारत १७७ रनमै समेटियो ।
तर, वर्षाका कारण अवरुद्ध हुन पुगेको खेल ४६ ओभरमा छोट्याउँदै १७० रनको चुनौती बांग्लादेशले पछ्याएको थियो ।
बांग्लादेशका शुरुवाति ब्याटिङ लाइनले राम्रो स्कोर तयार पारेपछि कप्तान अकबर अलीले विजयी इनिङ खेले । प्लेअर अफ दी म्याच अलीले ४३ रन बनाएका थिए ।
सात विकेटको क्षतिमा २३ बल बाँकी रहँदै जित निकाल्दै बांग्लादेशले उपाधि जित्यो ।