रोनाल्डोको गोलले रोकेन युभेन्टसको हार
सिरि एमा शीर्ष स्थानको युभेन्टस भेरोनासँग पराजित भएको छ । आइतबार राति सकिएको खेलमा युभेन्टस भेरोनासँग २–१ गोल अन्तरले पराजित भएको छ ।
पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा युभेन्टस २–१ ले पराजित हुन पुग्यो ।
युभेन्टसका लागि रोनाल्डोले खेलको ६५औं मिनेटमा गोल गरेका थिए । तर, युभेन्टसले अग्रता जोगाउन सकेन ।
७६औं मिनेटमा भेरोनाका फाबिओ बोरिनीले गोल गर्दै खेल बराबरीमा ल्याए । ८६औं मिनेटमा पाएको पेनाल्डीमा भेरोनाले गोल गरेपछि युभेन्टस पराजित हुन पुग्यो ।
हारसँगै युभेन्टस शीर्ष स्थानमा रहन कठिन बनेको छ । २३ खेलबाट युभेन्टसले ५४ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको इन्टर मिलानले २२ खेलबाट ५१ अंक जोडेको छ ।
शनिबार राति हुने खेलमा इन्टर मिलानले जित निकाले युभेन्ट शीर्ष स्थानबाट हट्नेछ । किनभने, इन्टर मिलान युभेन्टस भन्दा गोल अन्तरका आधारमा शीर्ष स्थानमा निस्कनेछ ।