रियल मड्रिडको अग्रता कायमै, पछ्याउँदै बार्सिलोना
स्पेनिस ला लिगामा ओसासुना विरुद्ध जित निकाल्दै रियल मड्रिडले अग्रता कायमै राखेको छ ।
आइतबार राति सकिएको खेलमा ओसासुना विरुद्ध रियलले ४–१ को फराकिलो अन्तरले जित निकालेको छ । खेलको १४औं मिनेटमै गोल गर्दै ओसासुनाले अग्रता लिएको थियो ।
तर, ३३औं मिनेटमा रियलका लागि इस्कोले गोल गर्दै खेल बराबरीमा ल्याए । केही मिनेट पछाडि सर्जिओ रामोसले गोल गरेपछि रियलले अग्रता लियो । इस्कोले ३८औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो हाफको ८४औं मिनेटमा लुकासले गोल गर्दै खेल ३–१ को अवस्थामा पु¥याए । थपिएको अतिरिक्त समयमा लुका जोभिकले गोल गर्दै ४–१ को फराकिलो जित निकाले ।
जितसँगै २३ खेलबाट ५२ अंक जोडेको रियल शीर्ष स्थान कायमै छ । रियललाई पछ्याइरहेको बार्सिलोनाले भने २२ खेलबाट ४६ अंक बनाएको छ ।