ग्लोबलको दोस्रो त्रैमाससम्म खुद मुनाफा २ अर्ब १४ करोड
ग्लोबल आइएमई ब्यांकले यस आर्थिक वर्षको दोस्रो त्रैमास सम्ममा रु. २ अर्ब १४ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
उक्त मुनाफामा साविकको जनता ब्यांक नेपाल लि.को २०७६ मंसीर १९ सम्मको मुनाफा समेत समावेश भएको छ ।
ग्लोबल आइएमई ब्यांक लि. र जनता ब्यांक नेपाल लि. एकआपसमा गाभिई गत मंसीर २० गतेदेखि एकीकृत कारोबार शुरु भएको थियो ।
मर्जर पश्चात् ग्लोबल आइएमई ब्यांक पूँजी तथा व्यवसायको हिसाबले नेपालकै ठूलो तथा मजबुत ब्यांक बनेको छ । हाल ब्यांकको प्राथमिक पूँजी रु. २४ अर्ब ८७ करोड, कुल पूँजी रु. २८ अर्र्ब १६ करोड, कुल निक्षेप रु. २ खर्ब १३ अर्ब र कर्जा तथा ऋण लगानी रु. १ खर्ब ९८ करोड भन्दा बढी पुगेको छ ।
ब्यांकले हाल देश तथा विदेशमा रहेका आफ्ना ८१७ शाखा तथा सेवा संजाल मार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।