नबिल बैंक र नेपाल दूरसंचार कम्पनीबीच 'पेमेन्ट गेटवे' सम्झौता
नेपाल दूरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटे बीच पेमेन्ट गेटवे सेवाका लागि विशेष सम्झौता भएको छ । नेपाल टेलिकमले आफ्नो १६ औं वार्षिकोत्सबको विशेष अवसर पारेर नबिल बैंक सँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेबसाइटमा रहेको कार्ड पेमेन्ट सुविधामार्फत सम्पूर्ण भिजा तथा मास्टर कार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज टपअप गर्न सक्ने छन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाइल एप मार्फत पनि उपलब्ध गराइने भएको छ ।
विशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत विनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यावसायिक अधिकृतले ग्राहकको माग र विद्युतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै शुरु गरिएको यो सेवामार्फत संसारको कुनै पनि कुनाबाट भिजा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज वा ब्यालेन्स टपअप गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुनेछ ।
हाललाई प्रिपेड तथा पोस्टपेड मोबाइलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ ।