घरेलु मैदानमै ओमानसँग नेपालको दोस्रो हार
घरेलु मैदानमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा टस जितेर फिल्डिङ रोजेको ओमानलाई नेपालले २५० रनको चुनौती दिएको थियो । तर, अकिब लियासले शतक प्रहार गरेपछि ओमान आठ विकेटले पराजित हुन पुग्यो ।
ओमानका लागि लियाससँग विशाल साझेदारी गरेका कप्तान जिसन क्यासुडले ६८ रन जोडे । जितेन्दर सिंहले २३ र खवार अलीले ३१ रन जोड्दा नेपालका कुशल मल्ल र सुशन भारीले एक–एक विकेट मात्रै लिए । १६ बल बाँकी हुँदा ओमानले लक्ष्य भेटायो ।
नेपालका लागि ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । ६९ बलमा एक छक्का र ६ चौका सहित ५३ रन बनाए ।
एक दिवसीय क्रिकेट (ओडीआई) मा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि १ अगष्ट २०१८ मा नेदरल्याण्ड विरुद्ध ज्ञानेन्द्रले अर्धशतक गरेका थिए । तर, कप्तान भएपछि भने पहिलो पटक अर्धशतक गरेका हुन् ।
पूर्वकप्तान पारस खड्काले एक छक्का र चार चौका सहित ३८ रन जोडे भने बिनोद भण्डारीले ३५ रन जोडे । आरिफ शेख र कुशल मल्लले २८–२८ रन जोडे । करण केसी १० रनमा आउट भए भने सन्दीप लामिछाने १० रनमा अविजित रहे।
विकेटको क्षतिमा नेपालले २४९ रन जोड्दा कमलसिंह ऐरी ९ रनमा अविजित रहे । नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
ओमानका लागि खवार अलीले ४ विकेट लिए भने मोहम्मद नादिमले तीन विकेट लिए । नादिमकै बलमा नेपालका विनोद भण्डारी रनआउट भएका थिए ।