ओडीआईमा ज्ञानेन्द्र मल्लको दोस्रो अर्धशतक
कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक गरेका छन् ।
ओमान विरुद्ध मल्लले अर्धशतक गरेका हुन् । ६९ बलमा एक छक्का र ६ चौका सहित ५३ रन बनाए ।
एक दिवसीय क्रिकेट (ओडीआई) मा ज्ञानेन्द्रको यो दोस्रो अर्धशतक हो । यसअघि १ अगष्ट २०१८ मा नेदरल्याण्ड विरुद्ध ज्ञानेन्द्रले अर्धशतक गरेका थिए । तर, कप्तान भएपछि भने पहिलो पटक अर्धशतक गरेका हुन् ।
ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले तीन विकेट गुमाएर २६ ओभरमा १२३ रन बनाएको छ ।
नेपालका लागि सुवास खकुरेलले २२ रन र पूर्व कप्तान पारस खड्का ३८ रन जोड्दै आउट भए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।
आजको खेलमा अविनास बोहोराको ठाउँमा कमलसिंह ऐरी प्लेइङ इलेभेनमा परेका छन् ।
एक दिवसीय क्रिकेटमा कमलसिंहको डेब्यू हो । बुधबार ओमानसँग नेपाल १७ रनले पराजित भएको थियो । उक्त खेलमा रहेका शरद भेषवाकर चोटका कारण आज छैनन् भने रोहितकुमार पौडेलको ठाउँमा कुशल मल्ल र अविनाशको ठाउँमा कमलसिंह ऐरी छन् ।
सन् २०१८ मा ओडीआईको मान्यता पाएको नेपालले पहिलो एक दिवसीय खेलिरहेको छ । ओमानसँग पहिलो खेलमा पराजित भएको नेपालले शनिबार दोस्रो खेलमा अमेरिकालाई हराएको छ ।