ओमानले टस जितेपछि नेपाल ब्याटिङमा, कमलसिंह ऐरीको डेब्यू
कीर्तिपुर मैदानमा जारी एक दिवसीय सिरिजमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
अहिले कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल क्रिजमा छन् । आजको खेलमा अविनास बोहोराको ठाउँमा कमलसिंह ऐरी प्लेइङ इलेभेनमा परेका छन् ।
एक दिवसीय क्रिकेटमा कमलसिंहको डेब्यू हो । बुधबार ओमानसँग नेपाल १७ रनले पराजित भएको थियो । उक्त खेलमा रहेका शरद भेषवाकर चोटका कारण आज छैनन् भने रोहितकुमार पौडेलको ठाउँमा कुशल मल्ल र अविनाशको ठाउँमा कमलसिंह ऐरी छन् ।
सन् २०१८ मा ओडीआईको मान्यता पाएको नेपालले पहिलो एक दिवसीय खेलिरहेको छ । ओमानसँग पहिलो खेलमा पराजित भएको नेपालले शनिबार दोस्रो खेलमा अमेरिकालाई हराएको छ ।