थप समाचार शनिबार, माघ २५, २०७६

दिल्लीको निर्वाचन सम्पन्न, एक्जिटपोलमा केजरीवाललाई पुनः सत्ता

हिमालखबर

दिल्लीको निर्वाचन सम्पन्न, एक्जिटपोलमा केजरीवाललाई पुनः सत्ता

दिल्लीको विधानसभाको निर्वाचन पछि विभिन्न एक्जिटपोलको आकडा अनुसार आम आदमी पार्टी पुनः सत्तामा पुग्ने देखिएको छ ।

७० सदस्यीय दिल्लीको विधानसभामा बहुमतका लागि ३६ विधायकको आवश्यकता पर्दछ ।

विभिन्न समाचार संस्थाले लिएको एक्जिटपोलको आकडा अनुसार मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्व भएकोे आम आदमी पार्टीको निर्णायक बहुमत देखिएको छ ।

एबीपी न्यूज तथा सी भोटरको एक्जिट पोलका अनुसार आम आदमी पार्टीले ४९ देखि ६३ सीट ल्याउने आकडा देखिएको छ । यसैगरी टाइम्स नाउ तथा इप्सोसको सर्भेमा ४७ सीट ल्याउने देखिएको छ ।

यस्तै टीभी ९, भारत वर्ष र सिसेरोको सर्भेमा आपलाई ५४ सीट दिइएको छ । आजतकका अनुसार आम आदमीलाई ५९ देखि ६८ र बीजेपीलाई २ देखि ११ सीट दिइएकाे छ ।

एक्जिटपोलमा बीजेपीलाई दोस्रो स्थान दिइएको छ । तर, पहिलेभन्दा केही सुधार बीजेपीलाई भएको छ । एबीपी न्यूजका अनुसार बीजेपीले ५ देखि १९ सीट र कांग्रेसले ० देखि ४ सीट ल्याउने आकडा देखिएको छ ।

इन्डिया न्यूजका अनुसार बीजेपीलाई ११ देखि १७ सीट दिइएको छ । कांग्रेसलाई ० सीट दिइएको छ । मत गणनाको नतिजा मंगलबार आउने बताइएको छ। –एजेन्सी

प्रतिकृया दिनुहोस