थप समाचार शनिबार, माघ २५, २०७६

कोरोनाबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३४ हजार बढी संक्रमित

हिमालखबर

कोरोनाबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३४ हजार बढी संक्रमित

शनिबारसम्म कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या ७२२ पुगेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, कोरोनाभाइरसबाट संक्रमित संख्या ३४ हजार ५४६ पुगेको छ ।

कोरोनाबाट हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । कोरोनाको संक्रमण विश्वका २५ देश फैलिसकेको छ । शुक्रबार मात्रै कोरोना भाइरस पहिचान गर्ने ३४ वर्षीय चिकित्सक लि वेनलियाङको मृत्यु भएको थियो ।

छिमेकी मुलुक भारत, नेपाल लगायत देशहरुमा कोरोनाको संक्रमण थप देखिदै गएको छ । कोरोनाको प्रकोप फैलिएको वुहानमा रहेका १८० नेपालीले स्वदेश फर्कन आवेदन दिएका छन् ।

 

प्रतिकृया दिनुहोस