सन्दीप आवद्ध टीम मेलबर्न उपबिजेता
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार्स यसपटक पनि उपबिजेतामै सीमित भएको छ ।
फाइनलमा सिड्नी सिक्सर्ससँग १९ रनले पराजित हुँदै मेलबर्न उपबिजेतामै सीमित बनेको हो । अघिल्लो सिजनमा पनि मेलबर्न उपबिजेता बनेको थियो ।
शनिबार दिउँसो वर्षाका कारण १२ ओभरमा छोट्याइएको खेलमा मेलबर्न सिक्सर्ससँग पराजित भयो । टस जितेर फिल्डिङ रोजेको मेलबर्नलाई सिड्नीले ११७ रनको चुनौती दिएको थियो । तर, मेलबर्नले ६ विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो ।