कला/साहित्य शनिबार, माघ २५, २०७६

विराजको ‘साङ्लो’ हाउसफुल

हिमालखबर

विराजको ‘साङ्लो’ हाउसफुल

अभिनेता विराज भट्टको निर्माण तथा डेब्यू निर्देशन रहेको चलचित्र ‘साङ्लो’ को प्रतिक्रियाले विराज दंग छन् ।

विराजले भने, “यतिबेला म र मेरो टिम उपत्यकामा साङ्लो प्रदर्शन भइरहेका हलहरूको भ्रमणमा छौं।अधिकांश हलहरू हाउसफुल भएको देख्दा अत्यन्तै खुशी लागेको छ ।”

शुक्रबार रिलिज भएको एक्सन ड्रामा प्रधान चलचित्र सय भन्दा बढी हलहरूमा चलिरहेको छ ।

यो चलचित्रबाट सन् २०१७ की मिस नेपाल निकिता चन्डक पनि नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।

दशैंपछि हलसम्म जान नसकेका दर्शकलाई साङ्लोले हलसम्म तानेको भट्टले दाबी गरे ।

प्रतिकृया दिनुहोस