नेपालको शानदार बलिङ, अमेरिकाको छैटौं विकेट पतन
कीर्तिपुरमा जारी एक दिवसीय सिरिजमा १९१ रनको लक्ष्य पछ्याएको अमेरिका विरुद्ध नेपाललाई छैटौं सफलता मिलेको छ ।
१६.४ ओभर सकिदा अमेरिकाले ५० रन जोड्दै ६ विकेट गुमाएको छ । नेपालका लागि सन्दीप लामिछाने, करण केसी र सुशन भारीले समान दुई–दुई विकेट लिएका छन् ।
टस जितेर फिल्डिङ रोजेको अमेरिका विरुद्ध नेपालका कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाएका थिए । कुशल मल्लले एक दिवसीय क्रिकेटको डेब्यूमै विश्व कीर्तिमानी अर्धशतकीय पारी खेले ।
उनले तीन छक्का र चार चौका सहित ५१ बलमा ५० रन बनाए । २० ओभरमा ४९ रन जोड्दा पाँच विकेट गुमाएको नेपालका लागि कुशलले विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेका थिए ।
अनुभवी ब्याट्सम्यान भण्डारीले ७२ बलमा ५८ रन जोडे । तर, शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् भटाभट पेभेलिन फर्किए ।
ओपनिङमा आएका खकुरेलले ३ रनमै आउट भए । कप्तान मल्लले २१, खड्का १९ रनमै आउट भए । उपकप्तान ऐरी र सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । करण केसीले १२ रने जोडे ।
सुशन भारी ११ रन जोडेर आउट भए पनि ५ रनमा अविनाश बोहोरा अविजित रहे ।