खेलकुद शनिबार, माघ २५, २०७६

अमेरिकालाई नेपालले दियो १९१ रनको चुनौती

हिमालखबर

अमेरिकालाई नेपालले दियो १९१ रनको चुनौती

कीर्तिपुरमा जारी एक दिवसीय सिरिजमा नेपालले अमेकिरकालाई १९१ रनको चुनौती दिएको छ ।

टस जितेर फिल्डिङ रोजेको अमेरिका विरुद्ध नेपालका कुशल मल्ल र विनोद भण्डारीले अर्धशतक बनाए । कुशल मल्लले एक दिवसीय क्रिकेटको डेब्यूमै विश्व कीर्तिमानी अर्धशतकीय पारी खेले ।

उनले तीन छक्का र चार चौका सहित ५१ बलमा ५० रन बनाए । २० ओभरमा ४९ रन जोड्दा पाँच विकेट गुमाएको नेपालका लागि कुशलले विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेका थिए ।

अनुभवी ब्याट्सम्यान भण्डारीले ७२ बलमा ५८ रन जोडे । तर, शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यानले राम्रो खेल्न सकेनन् भटाभट पेभेलिन फर्किए ।

ओपनिङमा आएका खकुरेलले ३ रनमै आउट भए । कप्तान मल्लले २१, खड्का १९ रनमै आउट भए । उपकप्तान ऐरी र सन्दीप लामिछानेले खाता खोल्न सकेनन् । करण केसीले १२ रने जोडे । सुशन भारी ११ रन जोडेर आउट भए पनि ५ रनमा अविनाश बोहोरा अविजित रहे । 

 

डेब्यू खेलमै कुशलले बनाए विश्व कीर्तिमान

विनोद भण्डारीको एक दिवसीय क्रिकेटमा पहिलो अर्धशतक

 

 

प्रतिकृया दिनुहोस