नेपालको लगातार विकेट गुम्दै
घरेलु मैदान कीर्तिपुरमा जारी एक दिवसीय सिरिजमा नेपाल अमेरिकासँग खेलिरहेको छ ।
अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । नेपालले २० ओभरमै पाँच विकेट गुमाउँदै ५० रन मात्रै बनाउन सकेको छ ।
शरद भेषवाकरको ठाउँमा स्थान बनाएका सुवास खकुरेल, कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, उपकप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखजस्ता भरपर्दा ब्याट्सम्यान नेपालले गुमाइसकेको छ ।
एक दिवसीयमा डेब्यू गरेका कुशल मल्ल र बिनोद भण्डारी अहिले क्रिजमा छन् । नेपालले बुधबार ओमानसँग पनि हार बेहोरेको थियो ।