सन्दीप लामिछानेलाई युथ आइकन अवार्ड
नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेलाई यो वर्षको युथ आइकन अवार्ड दिइएको छ ।
काठमाडौं युथ क्लबले सन्दीपलाई युथ आइकन अवार्ड दिएको हो । सन्दीपसँगै, तेह्रो दक्षिण एसियाली खेलकुद (साग) मा कीर्तिमान राखेकी आयशा शाक्यलाई पनि अवार्ड दिइएको छ ।
काठमाडौंमा विशेष कार्यक्रम गरी सन्दीपलाई अवार्ड दिइएको हो । अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) खेलेर स्वदेश फर्किएका सन्दीप कीर्तिपुरमा जारी एक दिवसीय सिरिज खेलिरहेका छन् ।