अमेरिका विरुद्ध सुवास खकुरेल खेल्ने
घरेलु मैदानको लाभ उठाउने अवसर भए पनि कीर्तिपुर मैदानमा बुधबार नेपाल पहिलो एक दिवसीय खेलमै ओमान सँग पराजित भयो । ओमानसँग १७ रनले पराजित हुँदा शरद भेषवाकरले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए ।
तर, शनिबार अमेरिकासँग हुने खेल शरदले गुमाउने भएका छन् । घाइते भएका कारण शरदले अमेरिकासँग मात्रै नभएर यसपटकको सिरिज नै गुमाउने भएका छन्।
उनको स्थानमा भने सुवास खकुरेल पर्ने संभावना बढेको छ।
ओपनर सुवासको नाम शरदको ठाउँमा अखिल नेपाल क्रिकेट संघ (क्यान)ले राखेको छ । राष्ट्रिय टीममा कमब्याक भए पनि सुवास १४ खेलाडीको सूचीमा परेका थिएनन् ।
शरद घाइते भएपछि भने उनलाई ल्याउने तयारी छ । उनी प्लेइङ इलेभेनमा परे ओपनिङमा आउनेछन् । चोटका कारण डेढ वर्ष राष्ट्रिय टीम भन्दा बाहिर बसेका सुवासले पोखरा प्रिमियर लिग (पीपीएल) बाट डेब्यू गरेका थिए।
ओमानसँगको खेलमा नेपालको ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले राम्रो खेल्न नसकेकाले पनि सुवासको आशा बढी गरिएको छ।