स्वीट्जरल्यान्ड विश्वकै महँगो देश, पाकिस्तान सबैभन्दा सस्तो
विश्वकै महँगो देश स्वीट्जरल्यान्ड र सस्तो देश पाकिस्तान भएको एक अमेरिकी म्यागजिनले गरेको सर्भेबाट जनाइएको छ ।
अमेरिकाको एक आर्थिक म्यागजिन सीईओ वर्ल्डले विश्वका १३२ देशको सर्भे गरेर सबैभन्दा महँगो देश स्वीट्जरल्यान्ड र सबैभन्दा सस्तो देश पाकिस्तान भएको आफ्नो सर्भेमा जनाएको हो।
सर्भेमा भारत तेस्रो सस्तो देश भएको र नेपाल ११ औं सस्तो देश भएको उल्लेख छ ।
सबैभन्दा महँगो यूरोपियन देश स्वीट्जरल्यान्डको जनसंख्या ८६ लाख रहेको छ । ५३.६ लाख जनसंख्या भएको नर्बे दोस्रो महँगो देश भएको जनाइएको छ । र, ३.६३ लाख जनसंख्या भएको आइसल्यान्ड तेस्रो महँगो देश भएको छ ।
यसैगरी सबैभन्दा सस्तो पाकिस्तान र दोस्रोमा अफगानिस्तान तथा तेस्रो सस्तो देशमा भारत रहेको म्यागजिनको सर्भेमा उल्लेख छ ।
अमेरिकाको आर्थिक म्यागजिन सीईओ वर्ल्डले विश्वका १३२ देशको सर्भे गरेर यो सूचि सार्वजनिक गरेको हो ।
सर्भे गर्दा मुख्यतया म्यागजिनले मापनका आधारमध्ये घरभाडा, किरानाको सामानको मूल्य र होटल रेस्टुरेन्टमा खानपिनको मूल्यलाई आधार मानिएको थियो ।
विशेषज्ञहरूले कपडा, ट्याक्सी भाडा तथा इन्टरनेटको मूल्यलाई पनि आधार बनाएका थिए । यस आधारमा म्यागजिनले दिएको अंकबाट र्यांकिङ गरिएको हो ।
यसमा स्वीट्जरल्यान्डलाई सबैभन्दा धेरै १२२ अंक दिइएको थियो । पाकिस्तानलाई सबैभन्दा कम २१.९८, भारतलाई २४.५८ र नेपाललाई २९.०५ अंक दिइएको थियो ।
सर्भेमा १३२ देशका राजधानीलाई आधार बनाइएको थियो । राजधानीको मूल्य सूचिलाई आधार मानेर र्यांकिङ गरिएको बताइएको छ । –एजेन्सी