सन्दीपको टीम मेलबर्न फाइनलमा, उपाधिका लागि सिड्नी सिक्सर्ससँग भिड्ने
अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) मा सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार्स फाइलनमा पुगेको छ ।
इलिमिनेटर खेलमा सिड्डी थन्डरलाई २८ रनले पराजित गर्दै मेलबर्न फाइनल प्रवेश गरेको हो । समुह चरणको १४ मध्ये १० खेल जित्दै शीर्ष स्थानमा रहेको मेलबर्न सिड्नी सिक्सर्स सँग पराजित हुँदै क्वालिफायरबाट इलिमिनेटरमा झरेको थियो ।
तर, बिहीबार थण्डरलाई हराउँदै मेलबर्न फाइनल पुगेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नका लागि मक्र्युस स्टोनिस र लार्किनले बिस्फोटक ८३–८३ रन जोडे पछि थन्डरले १९५ रनको लक्ष्य पाएको थियो ।
तर, मेलबर्नका बलर सामु टिक्न नसक्दा थन्डरले आठ विकेट गुमाउँदै १६६ रन मात्रै बनाउन सक्यो । पराजय सँगै थन्डर प्रतियोगिताबाट बाहिरिएको छ भने मेलबर्नले ८ फेब्रुअरीमा उपाधिका लागि सिड्नी सिक्सर्ससँग प्रतिश्पर्धा गर्नेछ । गत सिजनमा पनि मेलबर्न फाइनल पुगेको थियो । तर, मेलबर्न रेनेगेड्ससँग पराजित हुँदै उपाधि भने गुमाएको थियो ।