खेलकुद विहीबार, माघ २३, २०७६

कीर्तिपुर मैदानमा ओमानको लगातार दोस्रो जित

हिमालखबर

कीर्तिपुर मैदानमा ओमानको लगातार दोस्रो जित
null

कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टु सिरिजमा ओमानले लगातार दोस्रो जित निकालेको छ ।

नेपाल, अमेरिका र ओमान बीचको एक दिवसीय सिरिजमा ओमानले दोस्रो जित निकालेको हो । पहिलो दिन नेपाललाई १७ रनले पराजित गरेको ओमानले अमेरिकालाई ६ विकेटले जित निकालेको छ ।

टस जितेर फिल्डिङ रोजेको ओमानलाई अमेरिकाले २१४ रनको चुनौती दिएको थियो । जवाफी ब्याटिङमा ओमानले तीन बल बाँकी रहँदा चार विकेट गुमाउँदै लक्ष्य भेटायो ।

ओमानका जितमा अकिब लियासले सर्वाधिक ७२ रन जोडे । ११० दल सामना गरेका अकिबले दुई छक्का र ६ चौका प्रहार गरेका थिए । लगातार दुवै खेलमा प्लेअर अफ दी म्यान बनेका मोहमद नादिमले ५५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले अमेरिकालाई २१३ रनमा समेट्दा तीन विकेट समेत लिए ।

ओपनर जितेन्दर सिं ४ रनमै आउट भए पनि ओमानका अन्य ब्याट्सम्यान सम्हालिएर खेले । कप्तान जिसन क्याकसुडले ११ र अविजित रहेका सुरजकुमार नेपालीले ३५ बलमा बिस्फोटक ब्याटिङ गर्दै ३३ रन जोडे । उनले एक छक्का र दुई चौका प्रहार गरे ।

अमेरिकाका लागि भने लान होल्याण्डले सर्वाकि ६५ रन जोडे । अमेरिकाका लागि अक्ष होल्याण्डले ४४, टिमिल पटेलले १६, आरोन जोन्सले १२ र जेभिएर मार्सलले १३ रन जोडे । निर्धारित ५० ओभर नै खेलेको अमेरिका अलआउट भएको थियो ।

नेपाल, अमेरिका र ओमान बीचको सिरिज बुधबारबाट शुरु भएको छ ।

प्रतिकृया दिनुहोस