ओमानलाई अमेरिकाले दियो २१४ रनको चुनौती
कीर्तिपुरमा जारी एक दिवसीय विश्वकप लिग टु सिरिजमा अमेरिकाले ओमानलाई २१४ रनको चुनौती दिएको छ ।
टस जितेर पहिले ओमानले फिल्डिङ गरेको ओमानका लागि लान होल्याण्डले सर्वाधिक ६५ रन जोडे । उनले ७८ बलमा सात चौका सहित बिस्फोटक ब्याटिङ गर्दा अमेरिकाले २१३ रन बनायो ।
अमेरिकाका लागि अक्ष होल्याण्डले ४४, टिमिल पटेलले १६, आरोन जोन्सले १२ र जेभिएर मार्सलले १३ रन जोडे । निर्धारित ५० ओभर नै खेलेको अमेरिका अलआउट भएको थियो ।
नेपाल, अमेरिका र ओमान बीचको सिरिज बुधबारबाट शुरु भएको छ । पहिलो दिन नेपालले पहिलो एक दिवसीय खेलेको थियो । तर, ओमानसँग नेपाल १७ रनले पराजित भएको छ । ८ खेल खेलेको अमेरिका १० अंक सहित तालिकाको शीर्ष स्थानमा छ भने एक खेल कम खेलेको ओमान १० अंक सहित दोस्रो स्थानमा छ ।