तिलगंगा आँखा अस्पताललाई ज्योति विकास ब्यांकको सहयोग
ज्योति विकास ब्यांकले तिलगंगा आँखा अस्पताललाई आँखा सम्बन्धि अनुसन्धानमा सहयोग गरेको छ । तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको ‘जीरी आई स्टडी’ को लागि ज्योति विकास ब्यांकले दश लाख बराबरको सहयोग गरेको हो ।
ज्योति विकास ब्यांकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र तिलगंगा आँखा प्रतिष्ठानका सीईओ यमबहादुर महतलेसहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
तिलगंगा आँखा प्रतिष्ठान अन्तर्गतको अनुसन्धान विभागले गर्दै आएको जिरेल समुदायको आँखा अनुसन्धान मार्फत गरिएको तिलगंगाको आनुवंशिक अनुसन्धानमा ज्योति विकास ब्यांकले सहयोग गरेको हो । २०१४ बाट शुरु भएको यस अध्ययनमा आँखा सम्बन्धि रोगहरुको समयसँग नदलिदो ढाँचाको पनि अध्ययन हुँदै आएको छ।
समाजमा प्रभावकारी योगदान पु¥याउने उद्देश्यले स्थापित हाम्रो विकास प्रवद्र्धन कोष मार्फत ज्योति विकास ब्यांकले विभिन्न सामाजिक कार्यमा सहकार्य गर्दै आएको छ ।