एनआईसी एशिया र सूर्या लाइफ इन्स्योरेन्स बीच सम्झौता
एनआईसी एशिया ब्यांक र सूर्या लाइफ इन्स्योरेन्स बीच सम्झौता भएको छ । ब्यांकका विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरी बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको हो ।
ब्यांकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
समझदारी पश्चात सेवाग्राहीले ठूलो नगद रकम बोक्ने झन्झटबाट मुक्ति पाउने ब्यांकले जनाएको छ । आगामी दिनहरुमा ब्यांकले सञ्चालनमा ल्याउने इन्टरनेट भुक्तानी गेटवे लगायत अन्य डिजिटल सेवा समेत सूर्या लाइफ इन्स्योरेन्सका ग्राहकहरुलाई उपलब्ध गराइनेछ ।