लक्ष्मी ब्यांकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए शपथ
लक्ष्मी ब्यांक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र ब्यांकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
ब्यांकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेे घिमिरेलाई ब्यांकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।
सपथ कार्यक्रममा नेपाल राष्ट्र ब्यांंकका डेपुटी गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी ब्यांकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् ।