टस जितेर ओमान फिल्डिङमा
एक दिवसीय विश्वकप लिग टु मा अमेरिका विरुद्ध टस जितेर ओमानले फिल्डिङ गरिरहेको छ ।
नेपाल, ओमान र अमेरिका बीचको सिरिजमा ओमानले विजयी शुरुवात गरिसकेको छ । घरेलु मैदान कीर्तिपुरमा नेपाल भने ओमानसँग १७ रनले पराजित भयो ।
दोस्रो दिन अंक लिग टु अंक तालिकाको शीर्ष स्थानमा रहेको अमेरिका दोस्रो स्थानमा रहेको ओमान बिरुद्ध ब्याटिङ गरिरहेको छ ।