समाचार बुधबार, माघ २२, २०७६

ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जना बिरुद्ध मुद्दा दर्ता (नामावलीसहित)

हिमालखबर

ललिता निवास जग्गा प्रकरणमा मुछिएका १ सय ७५ जना बिरुद्ध मुद्दा दर्ता (नामावलीसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको करिब १ सय ४० रोपनी जग्गा अतिक्रमणमा संलग्न रहेका पूर्वमन्त्री, सचिव, न्यायाधीश सहित भोगाधिकार गरिरहेका १ सय ७५ जनालाई प्रतिवादी कायम गर्दै बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

आयोगको बु्धबार बसेको बैठकले मुद्दा दर्ताको निर्णय गरेको थियो। प्रमुख आयुक्त नवीनकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले आयोगले १ सय ७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको बताए। उनले तीनजना पूर्वमन्त्री सहितका ब्यक्तिहरु प्रतिवादी कायम भएको जानकारी दिए। ‘मुद्दा दर्ता भएको छ,’ उनले भने ‘हामी अभियोगपत्र जाँच गर्दै छौं।’

आयोगले प्रतिवादी बनाएका गच्छदार घटनाका समय उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री थिए। यस्तै श्रेष्ठ र जोशी भुमिसुधारमन्त्री थिए। आयोगले पूर्व सचिवहरु दीप बस्न्यात (प्रमुख आयुक्त), छविराज पन्त (चुनावी सरकारका मन्त्री) र दिनेशहरि अधिकारीलाई समेत प्रतिवादी बनाएको छ।

ललिता निवासको जग्गा नै ‘घुस’ लिएका पूर्व निर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, गृहमन्त्रालयका पूर्वसहसचिव गेहनाथ भण्डारी र उनकी पत्नी भुवनकुमारी चापागाई र सासू सोदाकुमारी चापागाई समेत प्रतिवादी रहेको विशेष अदालतले जनाएको छ।

पञ्चायतकालीन सरकारले ललिता निवासको २ सय ९९ रोपनी जग्गा अधिग्रहण गरेको थियो । प्रजातन्त्र स्थापनापछि २०४९ मा बनेको सरकारको पालादेखि ललिता निवासको जग्गा ब्यक्तिका नाममा अतिक्रमण हुन थालेको हो।

त्यसपछि २०६२, २०६७ र २०६९ सालमा गरी करिब १ सय ४० रोपनीभन्दा बढी जग्गा गैरकानूनी रुपमा ब्यक्तिका नाममा दर्ता भएको हो। 

कसको नाममा कति बिगो मागदाबी भयो?

 

 

 

प्रतिकृया दिनुहोस