ओमान विरुद्ध सन्दीप विकेटविहीन
घरेलु मैदान कीर्तिपुरमा ओमान विरुद्ध सन्दीप लामिछाने विकेट विहीन बनेका छन् । टस जितेर पहिले फिल्डिङ गरेको नेपालका लागि सन्दीपले १० ओभर बलिङ गर्दै ४५ रन खर्चिए ।
सन्दीपले लिने हरेक विकेट बराबर रु. ८ हजार ८४८ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन अनुदान लिने घोषणा गरेका थिए ।
४७ ओभरमा १६६ रन जोड्दै सात विकेट गुमाएको ओमान विरुद्ध सुशन भारीले भने उत्कृष्ट बलिङ गरे । उनले दश ओभरमा तीन विकेट लिदै १४ रन दिए । करण केसीले पनि तीन विकेट लिएका छन् ।