ओमान विरुद्ध टस जितेर नेपाल फिल्डिङमा, अविनास र सुशनको ओडीआईमा डेब्यू
पहिलो एक दिवसीय क्रिकेटमा नेपालले ओमान विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ । नेपालका लागि पहिलो सफलता करण केसीले लिएका छन् ।
उनले पहिलो ओभरको ओपनर जितेन्दर सिंहलाई बोल्ड गरेका हुन् । दोस्रो विकेट पनि करणले नै लिएका छन् । सातौं ओभरको चौथो बलमा करणले खवार अलीलाई आउट गरे ।
सन् २०१८ मा एक दिवसीय मान्यता पाएको नेपालले पहिलो पटक अमेरिका र ओमानसँग घरेलु मैदानमा सिरिज खेल्दैछ । एक दिवसीय कायमै राख्दै विश्वकपको ढोका खोल्न यो शुरुवाति सिरिज नेपालका लागि निकै महत्वको हुनेछ ।
दश वर्ष नेपाली टीमको नेतृत्व गर्दै पारस खड्काले राजीनामा दिए पछि ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपाल पहिलो पटक आईसीसीको आधिकारिक खेल खेल्दैछ । घरेलु मैदानमा शुरु भएको सिरिजमा नेपालका अविनाश बोहोरा र सुशन भारीले ओडीआईमा डेब्यू गरेका छन् ।