अभ्यास खेलमा ‘नेपाल ए’ सँग अमेरिका पराजित
विश्वकप क्रिकेट लिग–२ खेल्न आएको अमेरिका मूलपानीमा मंगलबार भएको अभ्यास खेलमा ‘नेपाल ए’ टिमसँग ३७ रनले हारेको छ । नेपालबाट विश्वकप क्रिकेट लिग–२ खेल्ने शरद भेषवाकरले मात्र खेलेका थिए ।
११२ रनको सामान्य लक्ष्य पछ्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा समेटियो । नेपालका लागि स्पिनर सागर ढकालले चार र शेर मल्लले तीन विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको नेपालका लागि सुवास खकुरेलले अविजित ५२ रन बनाए । उनले ८९ बल खेलेका थिए ।
खकुरेललाई अन्य कुनै पनि ब्याट्स्म्यानले साथ दिएनन् । अर्का ओपनर सुनिल धमला ७ रनमा बाहिरिए भने भेषवाकरले ५ रन मात्र बनाए । त्यसपछि आएका पवन सर्राफले १२ रन बनाएका थिए ।
नेपाली टिममा सन्दीप जोरा, भुवन कार्की, किशोर महतो, लोकेश बम र आकाश चन्द पनि समावेश थिए । नेपाली टोलीको कप्तान खकुरेलले गरेका थिए ।
नेपाल र अमेरिकाबीचको पहिलो खेल शनिबार हुनेछ । बुधबार नेपालले ओमानविरुद्ध खेल्दै विश्वकप क्रिकेट लिग–२ को सुरुवात गर्नेछ ।