खेलकुद आइतबार, माघ १९, २०७६

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

हिमालखबर

युभेन्टसको जितमा रोनाल्डोको दुई गोल

सिरि ए मा फिओरेन्टा विरुद्ध युभेन्टसले जित निकाल्दा स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले दुई गोल गरेका छन् ।

आइतबार साँझ सकिएको खेलमा युभेन्टसले तीन–शून्यको सहज जित निकालेको छ । पहिलो हाफको ४०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ८०औं मिनेटमा युभेन्टसले पाएको पेनाल्टीमा फेरि रोनाल्डोले नै गोल गरेका थिए । निर्धारित ९० मिनेट पछि थपिएको अतिरिक्त समयमा माथिज डी लाइटले गोल गरेका थिए । जितसँगै, २२ खेलबाट ५४ अंक जोड्दै युभेन्टसले शीर्ष स्थान कायमै राखेको छ ।

प्रतिकृया दिनुहोस