प्रदेशसभाको सबै बैठकमा उपस्थित हुने ३ महिला सांसद सम्मानित
बागमती प्रदेशसभाले प्रदेशसभाको बैठकमा सतप्रतिशत उपस्थित हुने प्रदेशसभा सदस्य (सांसद) हरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा तीनै जना महिला रहेका छन् ।
प्रदेशसभाको पहिलो र दोस्रो दुवै वर्षको सबै बैठकमा उपस्थित भएकोमा देवकी श्रेष्ठ र दोस्रो वर्षको बैठकमा सतप्रतिशत उपस्थित हुने सरस्वती बस्नेत र मैना अछामीलाई प्रदेश सभाले सम्मान गरेको हो ।
प्रदेशसभा स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा प्रदेश राजधानी हेटौंडामा आयोजित कार्यक्रममा मुख्य मन्त्री डोरमणि पौडेल र प्रदेश सभामुख सानुकुमार श्रेष्ठलगायतको उपस्थितिमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सम्मान गरेका हुन् ।