अमेरिकाको स्कूलसँग स्वस्तिश्री गुरुकुलको सहकार्य
काठमाडौं सानो भर्याङस्थित स्वस्तिश्री गुरुकुल स्कूलले अमेरिकाको वाटकिन्सन स्कूलसँग सहकार्य गर्ने भएको छ ।
विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुबीच अनुभव आदानप्रदान तथा भ्रमणका लागि गुरुकुल र वाटकिन्सन स्कूल बीच सहकार्य हुने भएको हो ।
सहकार्यका लागि चाँडै सम्झौता हुने गुरुकुलले पत्रकार सम्मेलन मार्फत् जानकारी दिएको छ । गुरुकुलले बेलायतको फिल्डओर्क एजुकेसन सँगको सहकार्यमा इन्टरनेशनलअर्थी इयर करिकुलम (आईईवाईसी) फ्रेमओर्क सञ्चालनमा ल्याइएको छ ।
समायानुकूल शिक्षा दिन गुरुकुलले स्मार्ट कक्षा कोठाको अभ्यास गर्दै आएको छ भने विद्यार्थीको अतिरिक्त क्षमता अभिबृद्धि गर्ने विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।
बालबालिकालाई इन्टरनेटबाट टाढा होइन, जीवनपयोगी बनाउनेगरी विद्यालयले सेवासुविधा दिदै आएको छ । सँगै, खेलकुदका विभिन्न क्षेत्रमा समेत बालबालिकालाई अभ्यस्त गराउँदै आएको छ ।
गुरुकुलले अन्तर्राष्ट्रिय स्तरको शिक्षा स्वदेशमै दिने प्रयत्न गरिरहेको जनाएको छ ।