शिक्षण अस्पताललाई अग्नि फाउण्डेसनको सहयोग
नेपालका लागि महिन्द्रा सवारी साधनहरुको आधिकारिक बिक्रेता अग्नि ग्रुपको गैरमुनाफाकारी संस्था अग्नि फाउण्डेसनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गरेको छ ।
शिक्षण अस्पतालको बाल सघन उपचार कक्ष (पीसीआईसीयू) र नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू)को पुनर्निर्माण तथा सुधारका लागि आर्थिक तथा अन्य सहयोग गरेको हो । पीआईसीयू र एनआईसीयूको उद्घाटन समेत भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि फाउन्डेसनकी संस्थापक एवम अग्नि ग्रुपकी कार्यकारी निर्देशक सुुसन वैद्य श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
फाउन्डेसनकी संस्थापक एवम कार्यकारी वैद्य श्रेष्ठले एनआर्ईसीयूले समय नै नपुगी जन्मिएका तथा जन्मिँदा निकै कम तौल भएका वा विशेष हेरचाह गरिनु पर्ने स्वास्थ्य अवस्था भएका नवजात शिशुका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइन् ।
अस्पतालको बाल चिकित्सा विभागका प्रमुख प्रा. डा. लक्ष्मण श्रेष्ठले शिक्षण अस्पतालको नवस्थापित एनआईसीयू र पीआईसीयूले गहन हेरचाह आवश्यकता पर्ने शिशुहरूलाई उचित किसिमको एनआईसीयू सुविधा उपलब्ध गराउने बताए । फाउन्डेसनले विभिन्न सामाजिक कल्याणकारी गतिविधिहरूद्वारा समाजलाई योगदान पुर्याउँदैछ ।