सिटी एक्सप्रेसको आकर्षक उपहार योजना
सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद एन्जाजले आकर्षक उपहार योजना ल्याएको छ ।
साउदीमा रहेका नेपालीलाई लक्षित गरी आकर्षक उपहार योजना ल्याइएको हो । यो योजनाअनुसार, ६ जना भाग्यशाली विजेतालाई निशुल्क हवाई टिकट, २४ जनालाई ५ ग्राम सुनको सिक्का र ४५ जनाले सिटी म्याक्सको सपिङ भाउचर नेछन् ।
३० जनवरीदेखि तीन महीनासम्म चल्ने यो कार्यक्रममा अन्तर्गत थप उपहारहरु समेत राखिएको छ ।
एन्जाज च्यानल र बैंक अल्बिलादको इ–च्यानल अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटीएम, एन्जाज सेल्फसर्भिस मेसिन, एनजाजपीओएस एन्जाज सेन्टरमा यो योजना उपलब्ध छ ।