भारतमा पनि भेटियो कोरोनाभाइरसको संक्रमण
भारतको केरला राज्यमा पहिलोपटक एकजना युवकमा कोरोनाभाइरसको संक्रमण भेटिएको छ । चीनको वुहान विश्वविद्यालयमा पढेर फर्किएका एकजना विद्यार्थीमा कोरोनाभाइसरका लक्षणहरु भेटिएको केरला राज्यको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
उनको अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा राखिएको पीटिआईले जनाएको छ ।
भारतमा हरेक दिन कोरोनाभाइरसको विषयलाई लिएर समिक्षा बैठक बसिरहेको छ । सरकारले आशंका लागेका व्यक्तिको पहिचान गरि चेकजाँच गरिरहेको छ । २८ जनवरीसम्मको तथ्याङ्कअनुसार त्यहाँ करिब ४५० भन्दा बढीलाई निगरानीमा राखेर स्वास्थ्य परिक्षण गरिएको थियो ।
भारत सरकारले केरला राज्यमा यसका बिरामी हुन सक्ने आशंका पहिलेदेखि नै व्यक्त गरेको थियो ।
अहिले केरला राज्यलाई पूर्ण रुपमा निगरानीमा राखिएको स्वास्थ्यमन्त्री केकै शैलजालाई उद्धृत बीबीसीले उल्लेख गरेको छ ।