बोराले किच्दा रुपन्देहीमा चार भारतीयको मृत्यु
रुपन्देहीमा बोराकाे चाङले किच्दा एकै परिवारका चार भारतीयको मुत्यु भएको छ ।
भारतको बोलियाका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्दाव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिनाको सुतेकै ठाउँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कवाडी सामग्री संकलन गरेर जीविका चलाउँदै आएका हुसेन परिवारको गए राति मृत्यु भएको हो । चारै जनाको शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पतालमा राखिएको छ ।