चीनसँग जोडिएको रसुवागढी नाका बन्द
गृह मन्त्रालयका अनुुसार चीनसँग जोडिएको रसुवाको रसुवागढी नाका १५ दिनका लागि बन्द गरिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार चीनमा कोरानाभाइरसको संक्रमण, तिब्बतमा ल्होसार चाड परेको र केरुङ जाने बाटो मर्मत भइरहेकाले नाका बन्द गर्नुपरेको हो ।
शर्माले यी तीनवटै कारणले गर्दा नाका बन्द गर्नुपरेको र सिन्धुपाल्चोकको तातोपानी नाका पहिलेदेखि आवतजावत कम भएकाले सञ्चालन नभएको बताएका छन् । उनी भन्छन्, “१५ दिनपछि बन्द भएका नाका खुल्नेछन् ।”