कोरोनाभाइरसको उपचारका लागि १० दिनमा निर्माण सकिने अस्पतालका १० तस्वीर
कोरोनाभाइरस नियन्त्रणका लागि चीनले हुवेई प्रान्तको राजधानी वुहानमा निर्माण गरिरहेका दुई ठूला अस्पताल भवनको निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ ।
कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि गत शुक्रवार र शनिवार निर्माण घोषणा भएका 'होउसशान' र 'लइसनशान' नाम दिइएका यी अस्पताल ३ र ५ फेब्रुअरीमा सञ्चालनमा ल्याउने लक्ष्य चीनको छ ।
आइसोलेसन बेडको सुविधासहितको १ हजार शैयाको मोबाइल अस्पताल 'होउसशान' २५ हजार वर्गमिटरमा निर्माण भइरहेको छ । त्यस्तै १ हजार ३ सय शैयाको 'लइसनशान' अस्पताल ३० हजार वर्गमिटरको क्षेत्रफलमा बनिरहेको छ ।
२५ माइलको दुरीमा निर्माण भइरहेको यी दुई अस्पतालको निर्माण कार्य इन्जिनियरले अनलाइनबाटै सुपरभाइज गरिरहेका छन् ।
तस्वीर श्रोत : सिन्हुआनेट