कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुग्यो
चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ भने संक्रमित हुनेको संख्या ६ हजार नाघेके छ ।
कोरोनाभाइरसको असर बढ्दै गएसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एडहानोम गह्रबहयम र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच छलफल भएको छ ।
सीसँगको छलफलमा टेड्रोसले भाइरसको नियन्त्रण गर्ने विषयमा चीन सरकार संवेदनशील बनेको भन्दै प्रशंसा र आगामी दिनमा यसको निरन्तरता रहने विश्वास व्यक्त गरे ।
सीले भने भाइरसको संक्रमण रोक्न कामहरु अघि बढेको भन्दै भाइरसविरुद्ध लड्न चीन सफल हुनेमा बताए ।
यस्तै, विश्व स्वास्थ्य संगठन र चीनको राष्ट्रिय स्वास्थ्य आयोगबीच भाइरस नियन्त्रण गर्न र त्यस सम्बन्धित डाटाहरु आदानप्रदान गर्ने बारेमा निरन्तर सहकार्य गर्ने सहमति भएको छ ।