नेकपाको केन्द्रीय कमिटी बैठक शुरु
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।
राष्ट्रिय सभागृहमा बैठक शुरु भएको हो । पार्टी एकीकरण भए पछि पहिलो पटक बैठक बसेको छ । तर, एकीकरण पछि निर्वाचन आयोगमा बुझाउन गरिएको माइन्युटलाई पहिलो बैठक मानिएकाले यसलाई दोस्रो भनिएको छ ।
३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र बीच एकीकरण गरी नेकपा भनेपछि शुरु भएको बैठक एक हप्ता बढीसम्म चल्ने कार्यतालिका तय भएको छ । तर, धेरै केन्द्रीय सदस्य भएकाले निर्धारित समय भन्दा बढी बैठक चल्नसक्नेछ ।