टाटा मोटर्सको जेन्युइन आयल बजारमा
नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टसको एक मात्र आधिकारिक बितरक सिप्रदी अटोपार्टसले जेन्युइन आयल बजारमा ल्याएको छ ।
विभिन्न कमर्सियल गाडीहरुका लागि टाटाले जेन्युइन आयल सार्वजनिक गरेको हो । सार्वजनिक समारोहमा एक सय भन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरु सहभागी भए ।
आधिकारिक रुपमा सार्वजनिक गरिएको एक घण्टाभित्रै एक सय चार किलोलिटर भन्दा बढी बुक भएको छ । कार्यक्रममा एक देखि १५ लिटर रेञ्जसम्मका टाटा मोटर्स जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल पनि सार्वजनिक गरिएको छ ।
टाटा मोटर्स कम्टमर केयरका ग्लोबल हेड आर. रामाकृषण, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेश प्रमुख राकेश मित्तल, टाटा मोटर्स कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रा.लिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड स्पेयर पार्टस्का प्रबन्ध निर्देशक विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रा. लि. का प्रबन्ध निर्देशक युवराज बूढाथोकीले जेन्युइन आयलको संयुक्त रुपमा सार्वजनिक गरेका छन् ।