अपराजित मनाङ संकटासँग भिड्दै
जारी शहीद स्मारक ए डिभिजन लिगमा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्गी संकटा सँग भिड्दैछ ।
एन्फा कम्प्लेक्स सातादोबाटोमा दिउँसो तीन बजे हुने खेल जित्दै मनाङ आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । आठ खेल सकिदा अपराजित मनाङ यसपटक पनि उपाधि जित्न आजको खेल निकै महत्वपूर्ण हुनेछ ।
चार जित र चार बराबर खेल्दै मनाङले १६ अंक जोडेको छ । शीर्ष स्थानमा २० अंकका साथ त्रिभुवन आर्मी छ । १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ । गत संस्करणको उपविजेता संकटा भने उपाधि होडबाट निकै पछाडि छोडिएको छ ।