प्राविधिक क्याम्पसमा विद्यार्थी बन्धक
मोरङ जहदा–४ स्थित सिसवनीमा रहेको सिटीईभीटीको आंगिक क्याम्पसमा विद्यार्थीले आनै साथीलाई ५ घण्टा बन्धक बनाएका छन् ।
मंगलबार बेलुका ४ बजेदेखि राति ९ बजेसम्म क्याम्पसमा बन्धक बनाइएका विद्यार्थीलाई प्रहरीले हस्तक्षेप गरी निकालेको छ ।
कृष्णप्रसाद कोइराला स्मृति ट्रष्टको संरक्षणमा संचालित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा यस्तो विवाद धेरै पटक भएको स्थानीयले बताएका छन् ।
स्थानीयबासी शम्भुशंकर गामीका अनुसार, कृषि र नर्सिङ विषयका विद्यार्थी बीच डोरी तान प्रतियोगिता भएको थियो । कृषिका विद्यार्थीले जितेपछि हार्नेलाई ‘लुजर’ भनेर जिस्क्याइएको थियो ।
हार्नेले नर्सिङका विद्यार्थीले झारपात पढ्ने भन्दै कृषिका विद्यार्थीलाई प्रतिउत्तर दिन थालेपछि बिवाद भएको हो । सोही क्रममा कृषिका विद्यार्थीले नर्सिङका विद्यार्थीलाई गेटमा ताला लगाएर भित्रै थुनेका थिए ।
मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले क्याम्पसले समयमा जानकारी नगराएकाले विद्यार्थीलाई बाहिर निकाल्न समय लागेको बताए । स्थानीयका अनुसार, क्याम्पस आपसासमा डेरा लिएर बस्ने विद्यार्थीको समुह गेटमा ताला लगाउँने कार्यमा संलग्न थिए ।
क्याम्पसमा यसअघि पनि शिक्षक र विद्यार्थी बीच बिवाद हुँदा तालाबन्दी भएको थियो ।