छुवाछूत र जातीय भेदभाव कसूरमा जरिवाना
नारायण नगरपालिका–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव कसूरमा दैलेख जिल्ला अदालतले १० हजार रुपैयाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट सो फैसला भएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।
राजकुमारीले ०७६ वैशाख ११ गते दिउँसो धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै स्थानीय ३५ वर्षीया लक्षिमा सुनारलाई हसियाले टाउकोमा हान्दा उनी घाइते भई नेपालगञ्ज पुगेर उपचार गर्नुपरेको थियो ।
यज्ञराज थापा, दैलेख