कोरोनाभाइरस भित्रन नदिन चिनियाँ नाकामा ‘हेल्थ डेक्स’को माग
नेपाल एशोसियशन टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले नेपालसँग जोडिएका चिनियाँ नाकामा ‘हेल्थ डेक्स’ स्थापना गर्न माग गरेको छ ।
नाट्टाले विज्ञप्ति जारी गरी मित्रराष्ट्र चीनको बुहान शहरबाट शुरु भई विभिन्न मुलुकमा फैलिँदै गएको कोरोना भाइरस नेपालमा भित्रिन नदिन नेपालसँग जोडिएका चीनका नाकामा हेल्थ डेक्स स्थापना गर्न माग गरेको हो ।
नाट्टाका अध्यक्ष अच्युत गुरागाईंले महामारीको रुप लिइसकेको कोरोना भाइरस नेपालमा सङ्क्रमण हुन नसकोस् भनी उच्च सतर्कता अपनाउनुपर्ने बताए ।
“कोरोना भाइरसबाट बच्न सम्बन्धित निकायले समयमा नै ध्यान पुर्याउनु जरुरी छ” उनले भने ।
नाट्टाले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा समेत हेल्थ डेक्स स्थापना गर्नुपर्ने बताएको छ ।