शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा मच्छिन्द्र
शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबले थ्री स्टार क्लबलाई पराजित गरी लिगको शीर्ष स्थानमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई २–० गोलले हराएको हो । मच्छिन्द्रका लागि रेजिन सुब्बा र विशाल राईले गोल गरे ।
राईले खेलको ३८औँ मिनेटमा रेजिनले गोल गरे । पहिलो हाफमा थ्री स्टार गोलरहित रह्यो । मध्यान्तरपछिको खेलमा मछिन्द्रले थप एक गोल गर्यो ।
मछिन्द्रका लागि खेलको ९०औँ मिनेटमा विशाल राईले गोल गरे । जितसँगै मच्छिन्द्र त्रिभुवन आर्मी क्लबलाई पछि पारेर लिगको शीर्ष स्थानमा उक्लेको छ ।
मच्छिन्द्रले हालसम्म नौ खेलमा छ मा जित, दुईमा हार तथा एक खेलमा बराबरी खेल्दै १९ अङ्कका साथ शीर्ष स्थानमा पुगेको हो । यस्तै थ्री स्टार नौ खेलमा चारमा जित, दुईमा हार तथा तीन खेलमा बराबरी खेल्दै १४ अङ्कसहित चौथो स्थानमा छ ।
लिगअन्तर्गत मङ्गलबारका खेलहरु अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।
पुलिस विजयी
त्यस्तै जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आजदेखि शुरु भएको नवौं चरणको पहिलो खेलमा पुलिस सशस्त्र प्रहरी बल–एपिएफ) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पुलिसको जित कप्तान भोलानाथ सिलवाल नायक बने । उनले खेलको १३ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सावित भयो । कप्तान भोलाले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
रवि पासवानको कर्नरमा एपिएफका राजन गुरुङले पुलिसका भरत साहलाई धकेलेपछि रेफ्री प्रकाशनाथ श्रेष्ठले पुलिसलाई पेनाल्टी दिएको थियो । सोही अवसरलाई सदुपयोग गर्दै कप्तान भोलाले गोल गरेका थिए । खेलमा पुलिसका सौजन राई म्यान अफ दि म्याच घोषित भए ।
जितसँगै पुलिस लिगको पाँचौं स्थानमा उक्लिएको छ । पुलिसले नौ खेलमा १४ अङ्क जोडेको छ । त्यस्तै पराजित एपिएफ ९ खेलमा ५ अङ्क जोडेर अङ्क तालीकाको १३औँ स्थानमा छ ।