सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ हेर्दाहेर्दैमा
नवनियुक्त प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको बहस आज हेर्दाहेर्दैमा परेको अधिवक्ता तथा निवेदक दिनेश त्रिपाठीले जानकारी दिए ।
नेता सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा सुनुवाइका लागि तोकिएको सापकोटाविरुद्धको रिटमा सोमबार ४ बजेसम्म बहस भएको थियो ।
आज निवेदककै बहस नसकिएपछि सुनुवाइ मंगलबारका लागि सरेको हो । आज भएको बहसमा निवेदक वरिष्ठ अधिवक्ता दिने त्रिपाठी, अधिवक्ता सुनिल कुमार पोखरेल र राजु चापागाइँले मात्रै बहस गरे । उनीहरुले सापकोटालाई सभामुख पदमा जान रोक्नुपर्ने तर्क गरेका थिए ।