समाचार सोमबार, माघ १३, २०७६

गायिका आस्था राउत हिरासतमा

हिमालखबर

गायिका आस्था राउत हिरासतमा

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोप लागेकी गायिका आस्था राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई हिरासतमै राख्न अनुमति दिएका हुन् । प्रहरीले गायिका राउतलाई सात दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।

आस्थाले १ माघमा भद्रपुर विमानस्थलमा महिला प्रहरीले आफूलाई दुव्र्यहार गरेको भन्दैं फेसबूक लाइभमार्फत प्रहरीविरुद्ध आक्रोश पोखेकी थिइन् । आस्थाको सार्वजनिक आक्रोशले आफूमाथि चोट पुगेको भन्दै प्रहरी रमिता श्रेष्ठले उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो । आस्था आइतबार आफैं अभिभावकका साथ महानगरीय प्रहरी परिसर पुगेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस