एमसीसीबारे साझा पार्टीको स्पष्टीकरण : 'जस्ताको तस्तै पारित गर्न हुँदैन'
साझा पार्टीले एमसिसी जस्ताको तस्तै पास गर्न नहुने धारणा सार्वजनिक गरेको छ । तीन हप्ताअघि उक्ता पार्टीले जारी गरेको विज्ञप्तीका विषयमा व्यापक टिकाटिप्पणी भएको भन्दं सोमबार अर्को विज्ञप्ति जारी जारी गरेर एमसीसी जस्ताको तस्तै पारित गर्न नहुने धारणा सार्वजनिक गरेको हो ।
यसअघिको साझा पार्टीले नेपालको परराष्ट्र नीति र राष्ट्रिय स्वार्थमा कुनै प्रकारको आँच नआउने सुनिश्चितता गर्दै एमसीसीलाई स्वीकृत गरिनु पर्ने उल्लेख गरेको थियो ।
अहिलेको विज्ञप्तीमा उल्लेख गरिएको छ, 'बर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनु हुँदैन भन्ने साझा पार्टीको अडान हो।'
'नेपालको कानूनसँग बाझिने वा नेपालको कानून अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेश्रो मुलुकको सहमति लिनु पर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसीसीकै निर्णय हावी हुने लगायतका प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छन्', 'विज्ञप्तिमा भनिएको छ, 'यस्ता संवेदनशील विषयहरूको निरूपण बिना सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त देखिँदैन।'
साझा पार्टीले यो विषयमा कुटनीतिक संवाद अगाडि बढाउन संसदमा उपस्थित राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको छ ।